तनहुँ । तनहुँको दुई पालिका जोड्ने ९ किलोमिटर सडक कालोपत्र भएको छ । व्यास नगरपालिका–५ रानीटारीबाट म्याग्दे गाउँपालिका–४ घुम्ती जोड्ने सडक कालोपत्र गरिएको हो ।
पृथ्वीराजमार्गको वैकल्पिक मार्ग बनाउने लक्ष्य रहेको कच्ची सडकलाई कालोपत्र गरी स्तरोन्नति गरिएको हो ।
सम्पन्न गर्ने समयभन्दा एक वर्षअगावै सडक कालोपत्र भएको पूर्वाधार विकास कार्यालयले जनाएको छ। कार्यालयले रु ३६ करोड ६२ लाख ९१ हजारमा सडक स्तरोन्नतिको सम्झौता गरेको थियो ।
रानीटारीबाट घुम्तीसम्मको दूरी ९२ किलोमिटर छ । त्यसमध्ये ७३ किलोमिटर अल्स्फाट प्रविधिबाट कालोपत्र गरिएको छभने १९ किलोमिटर ढलान गरिएको छ ।