सिन्धुपाल्चोक। सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकामा पर्ने इन्द्रावती नदीमा निर्माण गरिएको गुफाडाँडा–इन्द्रावती झोलुङ्गे पुलको उद्घाटन गरिएको छ । पाँचपोखरी थाङपाल गाउँपालिका–१, २ र ६ वडाको सिमानामा पर्ने इन्द्रावती नदीमाथि निर्माण गरिएको झोलुङ्गे पुलको उद्घाटन गरिएको हो ।
पुलको उद्घाटन पूर्वकानुनमन्त्री शेरबहादुर तामाङ र गाउँपालिका अध्यक्ष टासी लामाले संयुक्त रूपमा गरेका हुन् ।
पुल सञ्चालनमा आएपछि यस क्षेत्रका बासिन्दाले दैनिक आवतजावत, तथा सामाजिक क्रियाकलापमा उल्लेखनीय सहजता अनुभव गर्ने पूर्वकानुनमन्त्री शेरबहादुर तामाङले बताए । पुलले भौतिक रूपमा दुई ठाउँलाई जोड्ने मात्र नभएर यहाँका जनताको जीवनशैली, आर्थिक गतिविधि र सामाजिक सम्बन्धमा गहिरो प्रभाव पार्ने उनको भनाइ छ ।