काभ्रेपलाञ्चोक । सडक डिभिजन कार्यालय भक्तपुरले अरनिको राजमार्गको धुलिखेल–खावा सडकको लागि नयाँ ठेक्का आह्वान भएको छ ।
कार्यालयले बिहीवार धुलिखेल–खावा सडकको काम आगामी १४ महिनामा सक्नेगरी बोलपत्र आह्वान गरेको हो ।
सडक डिभिजन कार्यालय भक्तपुरका अनुसार पुरानो ठेक्का रद्द गरेर नयाँ ठेक्का आह्वान भएको हो । नेपाल सरकारबाट ४२ करोडको स्रोत सुनिश्चित भएपछि ठेक्का आह्वा गरिएको छ ।
नयाँ ठेक्कामा पनि आगामी वर्षको मनसुन सुरु नहुँदै सडकको कालेपत्रे गर्ने काम सक्नेगरी ठेक्का सम्झौता हुने बताइएको छ ।