कञ्चनपुर। कञ्चनपुरको दोधारा चाँदनीमा नहर निर्माणका लागि सर्भे गरिएको छ। महाकाली सिंँचाइ आयोजना तेस्रो चरणअन्तर्गत कञ्चनपुरको दोधारा चाँदनीमा नहर निर्माणका लागि आयोजना कार्यालयले यसै सातादेखि सर्भे सुरु गरेको हो।
सर्भेको काम सकेर ठेक्का प्रक्रियामा जाने तयारी रहेको महाकाली सिँंचाइ आयोजनाले जनाएको छ।
दोधारा चाँदनीमा नहर निर्माणका लागि तीन करोड बजेट आएको र त्यस बजेटलाई जमिन अधिग्रहण, नदी नियन्त्रण र नहर निर्माणमा खर्च गरिने बताइएको छ। यसैगरी जोगबुढापारिको कञ्चभोजमा लिफ्ट सिंँचाइका लागि पनि १ करोड बजेट आएको छ ।
आयोजनाअन्तर्गत दोधारा चाँदनीमा १६ किलोमिटर मूल नहर निर्माण गरिनेछ। जसमध्ये ८ किलोमिटर यसअघि निर्माण भएको मलेरिया सिँचाइ आयोजनाकै संरचनामा नहर निर्माण गरिनेछ ।