काठमाडौं। बिमा प्राधिकरणकी सञ्चालक राधा पोखरेलले राजीनामा दिएकी छन् । सोमबार पोखरेलले अर्थमन्त्री विष्णु पौडेलसमक्ष राजीनामा बुझाएकी हुन् ।
मन्त्रालयले उनको राजीनामा स्वीकृत समेत गरिसकेको छ । पोखरेलले भने आफ्नो पारिवारिक र व्यक्तिगत स्वास्थ्यको कारणले राजीनामा दिएको बताएकी छन् ।
अहिले प्राधिकरणका निलम्बित अध्यक्ष शरद ओझाको शैक्षिक योग्यतामाथि छानबिन भइरहेको समयमा ओझापछि नियुक्त भएकी पोखरेलले राजीनामा दिनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ । पोखरेल चैत १ गते बिमा प्राधिकरणको सञ्चालक नियुक्त भएकी थिइन् ।