पर्सा । पर्सास्थित ठोरी गाउँपालिका–४ मा निर्माण सम्पन्न भएको ‘निर्मल बस्ती खानेपानी आयोजना’ उद्घाटन गरिएको छ । शुक्रबार खानेपानीमन्त्री प्रदीप यादवले एक कार्यक्रमका बीच आयोजनाको उद्घाटन गरेका हुन् ।
यस आयोजनामार्फत ठोरीका कम्तीमा पनि दुई हजार १६५ जनसङ्ख्या प्रत्यक्ष रूपमा लाभान्वित हुने खानेपानी तथा ढल व्यवस्थापन विभागले जनाएको छ ।
ओभरहेड ट्याङ्की, डिप ट्युबवेल, कार्यालय भवन, पम्पहाउस र पानी प्रशोधन केन्द्र (ट्रिटमेन्ट प्लान्ट)लगायतका संरचना निर्माण गरिएको छ । आयोजनामार्फत यहाँका नागरिकलाई सुरक्षित र स्वच्छ खानेपानी आपूर्ति हुने अपेक्षा गरिएको छ ।
उद्घाटनका क्रममा मन्त्री यादवले निर्मल बस्ती खानेपानी आयोजना ठोरी क्षेत्रको दीर्घकालीन खानेपानीको सङ्कट अन्त्यका लागि मन्त्रालयले दिगो र रणनीतिक समाधानतर्फ गरेको प्रयासको प्रतिबद्धताको मूल प्रतिविम्ब भएको दाबी गरे ।