काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको उपआयोजना–२ अन्तर्गत आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी) द्वारा दुई फोहोर पानी प्रशोधन केन्द्र निर्माण सम्पन्न भएको छ ।
काठमाडौँको गुह्वेश्वरीमा ‘गुह्वेश्वरी फोहोरपानी प्रशोधन केन्द्र’ निर्माण गरी सञ्चालनमा ल्याइएको छ । त्यसैगरी ललितपुरको धोवीघाटमा पनि प्रतिदिन तीन करोड ७० लाख लिटर फोहोरपानी प्रशोधन क्षमताको एउटा प्रशोधन केन्द्र निर्माण सम्पन्न भएको छ ।
‘गुह्वेश्वरी फोहोरपानी प्रशोधन केन्द्र’बाट प्रतिदिन तीन करोड २४ लाख लिटर फोहोरपानी प्रशोधन हुन्छ । पशुपति क्षेत्रभन्दा उपल्लो तटीय क्षेत्रबाट आउने फोहोरपानी प्रशोधन गरी सफा र स्वच्छ पानी बाग्मती नदीमा प्रवाह गर्ने उद्देश्यले केन्द्र निर्माण गरिएको हो ।