रसुवागढी । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले गल्छी–त्रिशुली–मैलुङ स्याफ्रुबेसी –रसुवागढी सडकको स्थलगत निरीक्षण गरेका छन् ।
मन्त्री दाहालले मैगलवार निर्माणाधीन उक्त सडकको निरीक्षण गरेका हुन् ।
निरीक्षणका क्रममा मन्त्री दाहालले निर्माणाधीन सडकको निर्माण कार्य तीव्र पार्न निर्देशन दिएका छन् । नदीबाट हुने क्षति समेत नियन्त्रण तर्फ पनि ध्यान दिन उनले आग्रह गरे ।
उनले चीन तर्फ रोकिएका नेपालीको अवस्था बारे पनि चासो राखेका थिए । रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले चिनिया पक्षसङ समन्वय गरी नेपालीहरू ल्याउने र समस्या समाधान गर्ने काम भइरहेको जानकारी दिएका छन् ।