काठमाडौं। नारायणगढ–बुटवल सडक खण्डको भौतिक प्रगति ७० प्रतिशत पुगेको छ ।
आयोजनाले बुधवार सुस्त गतिमा अघि बढिरहेको आयोजनाको काम हालसम्म ७० प्रतिशत सम्पन्न भएको जनाएको हो ।
कुल ११४.५३ किलोमिटर लामो यो सडक खण्डमा दाउन्ने बाहेक सबै स्थानमा कालोपत्र भएसँगै यात्रा सहज भइसकेको आयोजनाले जनाएको छ ।
दाउन्ने क्षेत्रको १३ किलोमिटर सडकमा भने अहिले पनि सास्ती छ । खासगरी पानी परेको समयमा सवारीसाधन चिप्लिँदा यात्रा प्रभावित हुने गरेको छ ।