सुर्खेत । हुम्ला र मुगु जोड्ने लोतीखोलामा निर्माण गरिएको बेलिब्रिज सञ्चालनमा आएको छ ।
हुम्लाको चंङ्खेली गाउँपालिका–२ र ४ को सिमानामा पर्ने लोतीखोलामा निर्माण गरिएको बेलिब्रिज सञ्चालनमा आएको हो । मंगलवार कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले पुलको उद्घाटन गरेका हुन्।
कर्णाली प्रदेश सरकारको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयअन्तर्गत पूर्वाधार विकास निर्देशनालय, जिल्लास्थित पूर्वाधार विकास कार्यालयसँग २०८१ साल मंसिर २३ गते कङ्ग्री निर्माण सेवासँग बेलिब्रिज निर्माणका लागि सम्झौता गरिएको थियो। ४ करोड ९८ लाख रुपैयाँमा निर्माण भएको यो बेलिब्रिज ४२ मिटर लम्बाइ, १० मिटर उचाइ र ३.१५ मिटर चौडाइको छ।
बेलिब्रिज सञ्चालनमा आएसँगै तुइन तर्नुपर्ने बाध्यता अन्त्य भएको स्थानीय बताउँछन् ।