सङ्खुवासभा । सङ्खुवासभाको सिसुवाखोलामा निर्माण भएको पुलको उद्घाटन गरिएको छ । बिहीवार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले उक्त पुलका औपचारिक रुपमा उद्घाटन गरेका हुन् ।
४५ मिटर लामो पक्की पुल करिब एक महिनाअघि निर्माण पूरा भएर सञ्चालनमा आएको थियो ।
४ करोड ६५ लाख रुपैयाँको लागतमा पुल निर्माण सम्पन्न भएको हो । पुलले सिसुवा, वाला र ताम्कु क्षेत्रलाई खाँदबारी बजारसँग पनि जोड्नेछ । यसले दुर्गम गाउँहरूबाट आवतजावत सहज बनाउनुका साथै कृषि उत्पादन तथा सेवा प्रवाहमा समेत उल्लेखनीय सुधार ल्याउने अपेक्षा गरिएको छ ।
२०७९ वैशाखमा अम्बर–कुन्सालिङ कम्पनीसँग ठेक्का सम्झौता भएको थियो । संघ, प्रदेश र गाउँपालिकाको बजेटमा गाउँपालिकाले ठेक्का खोलेको थियो ।