इलाम । इलाम जिल्लाको इलाम नगरपालिका–९ र ११ जोड्ने पुवा खोलमा बेलिब्रिज निर्माण गरिएको छ । सङ्घीय सरकारको रु एक करोड ३५ लाखमा बेलिब्रिज निर्माण गरिएको हो ।
बेलिब्रिज निर्माण भएपछि स्थानीय बासिन्दा र झापा–इलाम–पाँचथर–ताप्लेजुङ आवतजावत गर्ने सवारीसाधनका लागि छोटो र सुरक्षित बाटोको विकल्प खुला भएको छ । सागररसुभारम्भरएरिसा जेभीले बेलिब्रिज निर्माण गरेको हो ।
पुल नहुँदा विगतमा यात्रीहरुले जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता थियो । विशेष गरी वर्षायाममा सडक पूर्णरुपमा बन्द हुने गर्दथ्यो । बेलिब्रिज ४८.६ मिटर लम्बाइको भएको सडक डिभिजन इलामले जनाएको छ ।