कालीकोट। भौगोलिक सर्वे विना नै डोजर लगाएर खनेको सडकमा पहिरो जाँदा सडकसहित ग्रामिण बस्तीहरुमा जोखिम बढेको छ। स्थानीय तहले चुनावी प्रतिबद्धतालाई पुरा गर्नको लागी जनप्रतिनिधिको आदेश तथा केही निश्चित गाउँका नागरीकको माग अनुसार मनोमानी तरिकाले सडक खन्दा जोखिम बढेको कुरा त्यहाँका स्थानीयले जनाएका छन्।
स्थानीय सरकारले भने जमिन कमजोर भएको कारणले पहिरोको जोखिम बढेको भनि दाबी गरेको छ। कमजोर भुगोल तर नागरीकलाई विकास छिटो चाहिएको कारणले जमिनको परिक्षण नगरी सडक खन्दा सडक तथा वस्तीमा जोखिम बढेको हो। रास्कोट नगरपालिका अन्र्तगत रहेको मुल सडक झन उच्च जोखिममा रहेके छ साथै स्थानीय तहले निर्माण गरेको जिल्लाको सबै सडकको आसपासमा रहेको बस्तीहरु पहिरोको जोखिममा रहेको छ।
प्राविधिक मापन विना नै मनोमानी तरिकाले सडक निर्माण गरेको हुनाले वर्षा याममा खुल्ला क्षेत्रबाट आएको बाढीले सडक बगाउने गरेको छ। त्यसैले विपत् व्यवस्थापन समितिको भनाई अनुसार पनि कालीकोट जिल्ला पहिरोको उच्च जोखिममा रहेको छ। उक्त ठाउँमा स्थानीय सरकारले वातावरणमैत्री योजना बनाउन नसकेको कारणले गर्दा कालीकोट पहिरोको उच्च जोखिममा रहेको हो।