सप्तरी । सप्तरीको खडक नगरपालिकाका ई–रिक्सा चालकले कुशमाहार–खरचुहिया सडक स्तरोन्नतिको माग गर्दै आन्दोलन गरेका छ । सडक नबन्दा यात्रुलाई ओहोरदोहर गर्न सास्ती भइरहेको भन्दै खडक नगरपालिकाका ई–रिक्सा चालकले बिहीबार कुशमाहार खरचुहिया सडक अवरुद्ध गरेका हुन् ।
उनीहरुले बिहानैदेखि वडा नम्बर ५ गौरुराहास्थित ढाट लगाएर सडक अवरुद्ध गरेका हुन् ।
वर्षापछि हिलाम्य बनेको सडकमा अत्यधिक खाल्डाखुल्डीले दुर्घटना बढेपछि आन्दोलन गर्न बाध्य भएको उनीहरुको भनाइ छ ।
खरचुहिया बजारसम्म खुक्खा याममा धुलाम्मे र वर्षामा हिलाम्मे हुने गरेको र खाल्डाखुल्डीले दैनिक ४र५ वटा ई–रिक्सा पल्टिने समस्या भएको समेत उनीहरुले बताए ।