बैतडी। बैतडी विमानस्थल स्तरोन्नतिका लागि १ करोड ५० लाख बजेट विनियोजन गरिएको छ। विमानस्थलको धावनमार्ग लगायत भौतिक स्तरोन्नतिका लागि एक करोड ५० लाख ४४ हजार बजेट विनियोजन गरिएको हो।
संघीय सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेमबहादुर आलेको अध्यक्षतामा बसेको नेपाल नागरिक उडड्यन प्राधिकरणको बैठकले बहुवर्षीय आयोजनाअन्तर्गत सुदूरपश्चिम प्रदेशका विभिन्न विमानस्थल स्तरोन्नतिका लागि बजेट विनियोजन गरेको छ। सोही अन्तर्गत बैतडी विमानस्थलले पनि बजेट पाएको हो।
विमानस्थलको स्तरोन्नतिपछि जिल्लामा हवाइ यातायात थप सुदृढ हुने र यात्रुका लागि सहज हुने स्थानीयको अपेक्षा छ।