काठमाडौं। पोखराको प्रमुख स्थलमा रहेको यो पोखरी पुरिएको पनि कैयौ वर्ष भइसक्यो। पुराना आधा शताव्दी उमेर कटेकालाई केही याद होला। नयाँलाई थाहा नै नहुन सक्छ। यो पोखरीको महत्व बेग्लै छ। यो पोखरीको इतिहास पनि छ।
बिन्द्यवासिनी मन्दिरको सिढी अगाडी रहेको यो पोखरी प्राकृतिक थिएन बनाइएको कृत्रिम पोखरी थियो। बि.सं. १९२४ को हरिशयनी एकादशीमा भगवान नारायणलाई अर्पण गर्दै बनाइएको पोखरी थियो। समयकालसंगै यो पोखरी हरायो।