झापा । झापा जिल्लाको विर्तामोडबाट इलामको माई नगरपालिका जोड्ने अर्जुनधारा नगरपालिकास्थित बिरिङ खोलाको पक्की पुल बाढीले भत्काएको छ । आज बिरिङ खोलामा आएको बाढीले उक्त पुल भत्काएको हो ।
पुल भत्किएसँगै शनिश्चरे–खुदुनाबारी आउजाउ गर्ने सडक पूर्णरूपमा अवरुद्ध भएको छ। पुल भाँच्चिएर सडक अवरुद्ध भएपछि दक्षिणमा अर्जुनधाराधाम हुँदै जाने अर्को सडकको बिरिङ पुलबाट यातायात सञ्चालन भइरहेको छ ।
उक्त पुल दुई वर्षअघि भाँसिएको थियो । विसंं २०६५ मा भारत सरकारको रु दुई करोड सहयोगमा उक्त पुल निर्माण गरिएको थियो ।