काठमाडौं। नारायणगढ–मुग्लिङ सडक खण्डस्थित चितवनका इच्छाकामना गाउँपालिका–५ तुइन खोलामा ट्रकमाथि ढुंगा खसेको छ । मुग्लिङतर्फ आउँदै गरेको भारतीय नम्बर केए–४३६८५६ नम्बरको ट्रकमाथि ढुंगा खसेको हो ।
ढुंगाले लागेर ट्रक चालकको गम्भिर घाइते भएको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयले जनाएको । उनलाई उपचारको लागि भरतपुर लगिएको छ ।