रुपन्देही । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले भैरहवास्थित गौतमबुद्ध विमानस्थल सञ्चालन गर्न निजी क्षेत्रलाई दिने विषयमा छलफल भएको जानकारी दिएका छन् ।
गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलको दिगो सञ्चालनबारे आज सिद्धार्थ उद्योग वाणिज्य सङ्घ, भैरहवाले आयोजना गरेको छलफलमा मन्त्री पाण्डेले यस्तो बताएका हुन् ।
मन्त्री पाण्डेले गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलको प्रभावकारी सञ्चालन पर्यटनमन्त्रीको मात्रै चाहनाले सम्भव नहुने उल्लेख गर्दै सबै पक्षको सहयोग आवश्यक भएको बताए ।
उनले प्रधानमन्त्री केपी शर्मा ओलीको निकट भविष्यमै हुने भारत भ्रमणको क्रममा हवाई रुट परमिट, नेपालका दुई विमानस्थल सञ्चालनको विषय प्राथमिकताका साथ उठाउने गरी काम भइरहेको बताए ।