काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले खानेपानी, जलस्रोत तथा सिँचाइका क्षेत्रमा दिगो र वैज्ञानिक प्रणाली अपनाउपर्नेमा जोड दिए ।
बुधवार नेपाल हाइड्रोजियोलोजिकल एसोसियशनद्वारा आयोजित ‘प्रथम नेपाल जलभूगर्भ सम्मेलन’ को उद्घाटन कार्यक्रममा मन्त्री यादवले यस्तो धारणा राखेका हुन् ।
उनले नागरिकको पहिलो आवश्यकता खानेपानीको सहज आपूर्तिसँगै मुलुकको आर्थिक समृद्धिको मूल आधार मानिने भएकाले सोहीअनुसार काम अगाडि बढाउन आवश्यक रहेको समेत बताए ।
मन्त्री यादवले भने, “राष्ट्रको समृद्धिका लागि भूमिगत जलको उपयोग, दिगो व्यवस्थापन, भूमिगत जलको प्रदूषणबाट सिर्जित विपद् न्यूनीकरण, वातावरण विनाश, जलवायु परिवर्तन तथा यसका असरहरू न्यूनीकरणका विषयमा केन्द्रित रही महत्त्वपूर्ण छलफल गरी प्रभावकारी योजना बनाउनु जरुरी छ ।”