इलाम । केचना–कञ्चनजङ्घा (मेची करिडोर) सडकअन्तर्गत पुवाखोलामा बेलिब्रिज जडान गरिएको छ । नवजडित बेलिब्रिजको बुधबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले उद्घाटन गरेका हुन्।
सडक डिभिजन कार्यालयका अनुसार पुल ४८ दशमलव छ मिटर लामो छ । सङ्घीय सरकारको रु एक करोड ३५ लाखको लागतमा गत असारमा उक्त जडान गरिएको हो ।
पुवाखोलामा बेलिब्रिज जडान भएपछि मेची राजमार्गको विकल्पका रुपमा केचना–कञ्चनजङ्घा सडक विकसित भएको छ ।