काठमाडौं । गण्डकी प्रदेश गौरव आयोजनाका दुई वटा सडक कालोपत्र भएका छन् । १२ किलोमिटर मानपुर–डेढगाउँ सडक र शालिग्राम करिडोरअन्तर्गत १० किलोमिटर सडक कालोपत्र गरिएको हो।
२६ करोड एक लाख ५७ हजारको लागतमा मानपुर–डेढगाउँ सडक कालोपत्र भएको हो । शालिग्राम करिडोरमा रु १७ करोड ६९ लाखमा कालोपत्र भएको छ ।
४१ करोड ५२ लाख ४१ हजार विनियोजन भएको देवघाट–भतेरी खण्डमा भने निर्माण जारी छ ।