नवलपुर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत विनय त्रिवेणी गाउँपालिका–२ विश्वकर्मा मन्दिर नजिकै सडक भासिएर भ्वाङ परेको छ। बर्सातका कारण सडकमा भेल बग्दा कल्भर्ट नजिकै भ्वाङ परेको हो।
सडक भासिएर भ्वाङ परेपछि यातायात एकतर्फी मात्र सञ्चालन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरले जनाएको छ । करिब २ मिटर गहिरो भ्वाङ परेको र अहिले सडक डिभिजन र प्रहरीको पहलमा सडक मर्मतबारे छलफल भइरहेको छ।
बिस्तारको क्रममा रहेको बुटवल–नारायणगढ सडक खण्ड अन्तर्गत दाउन्नेमा निर्माणको काम भइरहेको छ। निर्माणको क्रममा रहेकाले सामान्य वर्षामा पनि सडक जाम हुने हुँदा यात्रुहरूले सास्ती भोग्दै आएका छन्।