काठमाडौं । पूर्वपश्चिम राजमार्ग अन्तर्गत सिरहाको मिर्चैयामा ‘ओभरपास’ निर्माण गर्न सुरु भएको छ। मिर्चैयामा पाँच सय मिटर लम्बाइ र ६ मिटर उचाइको ‘ओभरपास’ निर्माण भइरहेको हो ।
’चाइना रेलवे–२ इन्जिनियरिङ ग्रुप’ नामक निर्माण कम्पनीले निर्माण गरिरहेको ओभरपास सन् २०२५ डिसेम्बर ३१ सम्ममा सम्पन्न गर्ने लक्ष्य छ। हालसम्म २४ वटा ’पाइल’ राखिसकिएको छ ।
पूर्वपश्चिम चल्ने सवारी साधनहरू माथिबाट गुड्ने र उत्तर–दक्षिणका सवारीहरू तलबाट पार गर्ने व्यवस्था गरिने गरी ओभरपास निर्माण गर्न थालिएको हो ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत अन्तर्गत नै लहान चोकमा पनि ओभरपासको निर्माण सुरु भएको छ । यहाँ भने बिजुलीका पोलहरू नसार्दा त्यहाँ केही प्राविधिक समस्या आएको निर्माण कम्पनीले जनाएको छ ।