काठमाडौं । पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट अष्ट्रेलिया उडान गर्नका लागि चीनको सिचुवान नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणसँग अनुमति मागेको छ । चीनको सिचुवान एयरलाइन्सले छेन्दु हुँदै अष्ट्रलिया उडान गर्ने तयारी स्वरुप अनुमति माग गरेको हो ।
उडान अनुमतिका लागि अनौपचारिक छलफल भएको र आवश्यक प्रक्रिया पूरा गरेर अनुमति दिने तयारी गरेको समेत प्राधिकरणले जनाएको छ ।
आगामी सेप्टेम्बर महिनाबाट उडान गर्ने कम्पनीको योजना रहेको छ । यो उडान भएमा अष्ट्रेलिया आवत–जावत गर्ने नेपालीलाई सहज हुने विश्वास लिइएको छ । यसअघि सिचुवान एयरलाइन्सले पोखरा विमानस्थलमा केही समय चार्टर उडान गरेको थियो । कम्पनीले नयाँ गन्तव्यका रूपमा अष्ट्रेलियामा नियमित उडान गर्न चाहेको हो ।