लमजुङ । लमजुङ जिल्लाको दोर्दी गाउँपालिका र राईनास नगरपालिका जोड्ने तार्दीखोलामा पक्की पुल निर्माण भएको छ ।
दोर्दी गाउँपालिका–१ र राईनास नगरपालिका–९ जोड्ने तार्दीखोलामा सम्पन्न गर्नुपर्ने अवधिभन्दा ९ महिनाअघि नै पुल निर्माण सम्पन्न भएको हो ।
पुल निर्माणको जिम्मा ओससिस आङबुहाङ जेभीले लिएको थियो । पाँच करोड १२ लाख २८ हजार ४४८ रुपैयाँ १६ पैसाको स्टिमेट गरिएको उक्त पुलको ठेक्का ओससिस आङबुहाङ जेभीले तीन करोड १९ लाख ९९ हजार ८३४ रुपैयाँ ५० पैसामा लिएको थियो ।
पुल निर्माण सम्पन्न गर्नुपर्ने अवधि आगामी चैत महिनासम्म छ । तर निर्माण कम्पनीले अवधि बाँकी रहेको ९ महिना अघि नै पुल निर्माणको काम सम्पन्न गरेको हो ।