बैतडी । बैतडीका मुख्य र सहायक सडकमा राति सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । पहिरो र बाढीको सम्भावित जोखिमलाई मध्यनजर गरी मुख्य राजमार्ग तथा सहायक सडकमा राति सवारीसाधन सञ्चालनमा रोक लगाइएको हो ।
विपद्को जोखिम रहँदासम्म आपत्कालीन अवस्थाबाहेक रातिको समयमा सवारीसाधन नचलाउन अनुरोध गरिएको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ ।
गृहमन्त्रालयको आदेशअनुसार सवारी साधन सञ्चालनमा रोक लगाएको समेत कार्यालयले जनाएको छ ।