कञ्चनपुर । सुदूरपश्चिमको प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल बडिमालिका र खप्तड जोड्ने पदमार्ग निर्माण गर्न एसियाली विकास बैंक (एडिबी) ले सहयोग गर्ने भएको छ । एडिबीको २२ करोड रुपैयाँ सहयोगमा सुदूरपश्चिम प्रदेश सरकारले बडिमालिकामा पूर्वाधार निर्माण गर्ने भएको हो ।
बडिमालिका र खप्तड जोड्ने पदमार्ग निमार्णका लागि चालु आर्थिक वर्षमा रु सात करोड बजेट आएको छ । गत वर्ष पनि उक्त क्षेत्रमा एक करोड २५ लाख खर्च गरेर पदमार्ग र विश्रामगृह निमार्ण गरेका गरिएको थियो ।
प्रदेश सरकारले पर्यटन प्रवर्द्धनका लागि होटेल व्यवसायी, होमस्टे प्रवर्द्धन र पर्यटक पथप्रदर्शकलाई तालिमको व्यवस्था गरेको बताइएको छ ।