रसुवा । नेपाल–चीन सीमा क्षेत्र रसुवागढीस्थित ल्हेन्दे खोलामा निर्माणाधीन ‘बेलिब्रिज’ को काम अन्तिम चरणमा पुगेको छ । चीनले पुल निर्माणलाई प्राथमिकता दिएर तीव्र गतिमा काम गरिरहेकाले दसैँअघि नै सम्पन्न हुने भएको छ ।
सीमा सुरक्षाकर्मीका अनुसार चिनियाँ पक्षले आफ्नोतर्फको काम पूरा गरिसकेको छ । नेपालतर्फ पनि पिलर राख्ने र भुइँ ढलान गर्ने काम आज सकिएको छ । केही दिनअघि मात्र खोलामा हिमपाइप राखेर जग खन्ने उपकरण नेपालतर्फ ल्याइएको थियो ।