मुगु । मुगुको रारा विमानस्थलमा ४ महिनापछि सञ्चालनमा आएको छ । विविध कारणले वैशाखदेखि उडान बन्द भएको विमानस्थलबाट नेपाल एयरलाइन्सले आजदेखि उडान सुरु गरेको हो ।
चार महिनायता उडान नहुँदा यो विमानस्थल भएर नेपालकै ठूलो ताल राराताल घुम्न आउने पर्यटक र अन्य यात्रुले हवाई यात्राका लागि सास्ती भोग्दै आएका थिए । आजदेखि नेपाल एयरलाइन्सले रारा विमानस्थलमा पुनः उडान सुरु भएको नेपाल एयरलाइन्स रारा विमानस्थल कक्षका प्रमुख नवीनकुमार विष्टले जानकारी दिए।