हुम्ला । सिमकोट गाउँपालिका–८ को वडा कार्यालयको भवन निर्माण सम्पन्न भएको छ । दुई तलामा ८ वटा कोठा रहेको भवन निर्माण गरिएको हो ।
दुई वर्षमा निर्माण गरिएको सुविधासम्पन्न भवनबाट वडा कार्यालय सेवा सञ्चालन समेत सुरु गरेको छ ।
यसअघि सीमित कोठा भाडामा लिएर वडा कार्यालय सञ्चालन गर्दै आएको वडाले अब आफ्नै भवनबाट सहज रुपमा सेवा प्रवाह गर्न सुरु गरेको हो ।
वडालाई छिमेकी नाम्खा गाउँपालिकाले सौर्य ऊर्जाले काम गर्न सहयोग समेत गरेको छ ।
छिमेकी पालिकाको सहयोगमा विद्युत्को व्यवस्था भएपछि केही दिन अगाडिदेखि इन्टरनेट सेवा पनि जडान गरिएको छ ।