इलाम । इलामको पुवाखोलामा नेपाली सेनाले काठेपुल निर्माण गरेको छ ।
गत असोजको बाढी पहिरोले बेलिब्रिज बगाएपछि नेपाली सेनाले स्थानीयसँगको सहकार्यमा काठेपुल निर्माण गरेको हो ।
हलुका किसिमका सवारी साधन सञ्चालन गर्न मिल्ने गरी रणशार्दुल गणले काठे पुल बनाएको हो । बेलिब्रिज भत्किएसँगै आवतजावतमा समस्या भोगिरहेका स्थानीयले काठेपुल निर्माणपछि सहज भएको महशुस गरेका छन् ।