ताप्लेजुङ। १३२ केभी मेवा–चांगे डबल सर्किट प्रसारण लाइन निर्माण गरिने भएको छ। राष्ट्रिय प्रसारण ग्रिड कम्पनीले ताप्लेजुङको मेवा बेसिनमा निर्माणाधीन जलविद्युत आयोजनाको विद्युत प्रवाह गर्ने गरी यो प्रसारण लाइनको निर्माण गर्न लागेको हो।
विद्युत विकास विभागले प्रसारण लाइन निर्माण गर्न कम्पनीको नाममा अनुमतिपत्र दिने तयारी गरेको छ। विभागले ३५ दिने सूचना निकालेर प्रसारण लाइन निर्माण तथा सञ्चालन गर्दा पर्न सक्ने प्रतिकुल असरका सम्बन्धमा सरोकारवालासँग लिखित राय मागेको छ।
लाइन प्रदेश नम्बर १ अन्तर्गत ताप्लेजुङ जिल्लाको मिक्वाखोला गाउँपालिकाको वडा नम्बर ५ मा प्रस्तावित मेवा सबस्टेसनदेखि मैवाखोला गाउँपालिकाको वडा नम्बर १ मा रहेको नेपाल विद्युत प्राधिकरणको ढुंगेसाँघु सबस्टेसनसम्म निर्माण गरिने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार २० किलोमिटर लामो लाइनमा ६१ वटा टावर रहनेछ ।
अर्ब १ करोड रुपैयाँ लागत अनुमान गरिएको यो प्रसारण लाइनको काम आगामी दुई वर्षभित्र सक्ने लक्ष्य रहेको छ।