काठमाडौं। वर्षाका कारण बुधबार (आज) देशभरको विद्युत सेवा अवरुद्ध बनेको छ। बुधबार बिहानैदेखि परेको वर्षाका कारण देशभरको विद्युत सेवा अवरुद्ध बनेको हो।
नेपाल विद्युत प्राधिकरणका अनुसार वर्षाले २०० मेगावाट विद्युत अवरुद्ध भएको छ। काठमाडौंसहित महेन्द्रनगर, बुटवल, विराटनगर, वीरगंज लगायत क्षेत्रमा विद्युत अवरुद्ध भएको प्राधिकरणले जनाएको छ।
शहरी क्षेत्रमा इन्टरनेटको तार सर्ट भएको छ भने अन्य स्थानमा रुख ढलेर प्रसारण लाइनमा क्षति पुर्याएकाले विद्युत सेवा अवरुद्ध हुन पुगेको हो।