काठमाडौं। सुर्खेतको विरेन्द्रनगरको बुलबुले ताल पर्यटकको लागि लोकप्रिय ताल हो। यो तालको रमणीय दृष्यावलोकन गर्नको लागि वर्षेनी लाखौं पर्यटक त्यहाँ जाने गर्दछन्। सोही ताल परिसरमा पर्यटकको आकर्षण बढाउने उद्देश्यले बुलबुले पार्क पनि निर्माण गरिएको छ।
.jpg)
बुलबुले पार्क निर्माण कार्यले बुलबुले ताललाई अझ बढी सुन्दर बनाएको छ। यसले पर्यटकको सङख्या बढ्दै गएको छ। उक्त पार्कलाई अझ बढी व्यवस्थित बनाउने लक्ष्यकासाथ नेपाल सरकार, सहरी विकास मन्त्रालय, सहरी विकास तथा भवन निर्माण विभाग अन्तर्गतको संघीय आयोजना कार्यान्वयन इकाई वीरेन्द्रनगर, सुर्खेतले पूर्वाधार निर्माण गर्ने भएको छ। सो क्षेत्रमा भ्रमणका लागि आउने पर्यटकलाई थप सुविधा प्रदान गर्न सो योजनालाई अघि बढाइएको हो। यस कार्यले आर्थिक गतिविधिमा पनि टेवा पुग्ने देखिएको छ।
.jpg)
संघीय आयोजना कार्यान्वयन इकाईले पार्कमा पूर्वाधार निर्माण गर्न ठेक्का आह्वान गरेको छ। बुलबुले पार्क परिसरमा पूर्वाधार निर्माण गरिने भएको छ। यसले सो क्षेत्रको पूर्वाधार विकासमा टेवा पुग्ने भएको छ। पर्यटकका लागि आवश्यक पर्ने थप पूर्वाधार निर्माण गर्न लागिएको हो। यसले पर्यटन प्रवद्र्धनमा पनि टेवा पुग्ने छ। सो पार्क परिसरमा पूर्वाधार निर्माण गर्नको लागि १ करोड बढी बजेट वियिोजन गरिएको छ। यसबाट बच्चाहरुको लागि चिप्लेटी, पिङ साथै अन्य पर्यटकीय पूर्वाधारहरु निर्माण गरिने योजना रहेको छ।
