काठमाडौं। प्रतिकूल मौसमका कारण काठमाडौंबाट हुने हवाई उडानहरु प्रभावित भएका छन्। रातिदेखि नै काठमाडौं उपत्यकासहित देशका अधिकांश ठाउँमा पानी परिरहेकाले उडान प्रभावित भएको हो।
एयरलाइन्स कम्पनीहरुका अनुसार प्रतिकूल मौसम र कम भिजिबिलिटीका कारण उडानहरु प्रभावित भएका छन्। डोल्पा, लुक्ला, सिमिकोट लगायतका स्थानका सबै उडान रोकिएका छन्। भने अन्य गन्तव्यको उडान पनि ढिलो भएको छ।
सिमराबाट काठमाडौंका लागि उडेको एती एयरलाइन्सको एक जहाज मकवानपुर क्षेत्रको आकासमा केहीबेर फन्को मारेर काठमाडौं विमानस्थलमा अवतरण गरेको छ।