पाल्पा। पाल्पाको निस्दी गाउँपालिका– ७ को चारघरे र ज्यामिरे गाउँमा पहिलो पटक विद्युत् पुगेको छ। सामुदायिक विद्युतीकरणका लागि रकम बुझाएको लामो समयपछि गाउँमा विद्युत् पुगेको हो।
करिब ८० घरपरिवारमा बिजुली बत्तीको सुविधा पुगेको र बाँकी स्थानमा पनि छिट्टै नै विस्तार गरिने गाउँपालिकाले जनाएको छ। साविक ज्यामिरे गाउँ विकास समिति–१को चारघरे, ज्यामिरे क्षेत्र अहिले विद्युत् सुविधा उपभोग गर्ने पहिलो गाउँ बनेको छ।
गाउँमा विद्युत पुगेपछि स्थानीयवासी उत्साहित बनेका छन्। बिजुली बत्ती उपभोग गर्न पाएपछि लेखपढ गर्न, खाना पकाउन, रेडियो सुन्न र टिभी हेर्न सजिलो भएको स्थानीयले बताए।