काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रभित्र नदीको दायाँ–बायाँ भवन निर्माण अनुमति रोक्का नरहेको जनाएको छ । महानगरपालिकाले आज सूचना जारी गर्दै सर्वोच्च अदालतको आदेशअनुसार नदीको दायाँ–बायाँ भवन निर्माण गर्न अनुमति दिइएको जनाएको हो। यसअघि नदीको दायाँ–बायाँ भवन निर्माण गर्न प्रतिबन्ध लगाइएको थियो ।
