काठमाडौं। बाक्लो हुस्सु र कुहिरोका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने सबै किसिमका उडान बन्द भएका छन्।
काठमाडौं उपत्यकामा बाक्लो हुस्सु र कुहिरो लागेपछि त्रिभुवन विमानस्थलबाट हुने आन्तरिक र अन्तर्राष्ट्रिय उडानहरु बन्द भएका हुन्।
हुस्सु र कुहिरोका कारण जहाजहरू अवतरण पनि हुन सकेका छैनन्। भिजिबिलिटी अत्यन्त कम भएकाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज बिहानैदेखि उडान अवतरण रोकिएको विमानस्थल कार्यालयले जनाएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जजिरा एयरलाइन्सका दुई जहाजलाई अवतरण गर्न निकै समस्या भएको थियो।
आज बिहानैदेखि उपत्यकासहित देशभरका अधिकांश स्थानमा बाक्लो हुस्सु र कुहिरो लागेको छ।