काठमाडौं। विराटनगर महानगरपालिका–११ स्थित नहरमा पक्की पुल निर्माण हुने भएको छ। पूर्वाधार विकास कार्यालयअन्तर्गत प्रदेश नं १ सरकारको करिब १४ लाख बजेटमा सो पुल निर्माण गरिने भएको हो।
सो पुल निर्माण भएपछि यातायात सञ्चालनमा सहज हुनेछ। पुल अभावको कारणले त्यहाँका स्थानीयले कष्ट भोग्दै आएका थिए। अब पुल निर्माण हुने भएपछि स्थानीय खुसी भएका छन्। उक्त पक्की पुल निर्माणको लागि पुष्पाञ्जली कन्स्ट्रक्सनले ठेक्का पाएको छ। हाल पुल निर्माण ठेक्का सम्झौताको चरणमा रहेको छ।
पछिल्लो समय विराटनगर महानगरपालिकाले पूर्वाधार निर्माणलाई जोड दिएको छ। यसले प्रदेश १ कै पूर्वाधार विकासमा टेवा पुर्याउने देखिएको छ।