काठमाडौं। सडक विभागको महानिर्देशकमा शिवहरि सापकोटा सरुवा भएका छन्। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले शिवहरि सापकोटालाई सडक विभागको महानिर्देशकमा सरूवा गरेको हो।
बुधबारको मन्त्रीस्तरीय निर्णयले सापकोटालाई सरूवा गर्ने निर्णय गरेको हो। सापकोटाले बिहीबार नै मन्त्रालयबाट पत्र बुझिसकेका छन्। चार महिनाका लागि सापकोटालाई महानिर्देशकको जिम्मेवारी दिइएको छ। उनी आगामी वैशाखमा सेवानिवृत्त हुँदैछन्।
सापकोटा २०५२ मा सरकारी सेवामा तत्कालीन हवाई विभागको इन्जिनियरमा नियुक्त भएका थिए। २०५७ सालमा सडक विभागमा सरुवा भए। २०६३ मा सिनियर डिभिजनल इन्जिनियरमा बढुवा भएका थिए। त्यसको ६ वर्षपछि अर्थात २०६९ मा सहसचिवमा बढुवा भए।