काठमाडौं। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा क्यालिब्रेशन फ्लाइट आगामी जनवरीभित्रै हुने भएको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणको २३औं वार्षिकोत्सबका अवसरमा बोल्दै प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्रीले जनवरीभित्रै क्यालिब्रेशन फ्लाइट हुने जानकारी दिएका हुन्।
उनले एरो थाइसँग क्यालिब्रेशनका फ्लाइट जनवरीभित्रै गर्न सहमति भइसकेको बताए। उनले भने, ‘नयाँ अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा ल्याउनका लागि आवश्यक क्यालिब्रेशन फ्लाइटको काम सकिएपछि अरु प्रक्रिया अगाडि बढ्नेछ।’