काठमाण्डौं। स्वदेशी लगानीमा निर्माण हुन लागेको १०६ मेगावाट क्षमताको अर्धजलाशययुक्त जगदुल्ला जलविद्युत् आयोजनाको कामले गति लिएको छ। डोल्पाका लागि मात्र नभई कर्णालीकै भविष्यसँग उक्त आयोजना जोडिएको छ।
जगदुल्लासँगै निर्माणको योजना बनाएको ४१७ मेगावाट क्षमताको नलगाड जलविद्युत् आयोजनाको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) समेत निर्माण हुन सकेको छैन।
आयोजनाले पार्ने प्रभावबारे भौगर्भिक अध्ययन भइरहेको छ। आयोजनाका निमित्त प्रमुख कार्यकारी अधिकृत सञ्जय सापकोटाका अनुसार कूल ४०० मिटर लम्बाइको सो आयोजनाको ३२० मिटर सुरुङ खनिएको छ।
पहुँच मार्गका लागि जाजरकोट–डोल्पा सडकखण्डको त्रिवेणीबाट करिब ४५ किलोमिटर सहायक सडक निर्माण गर्नुपर्ने छ। प्रदेशको भौतिक पूर्वाधार मन्त्रालय र स्थानीय पालिकासँग कम्पनीले सहकार्य गरी करिब ३० किलोमिटर सडकको ट्रयाक खोलेको सापकोटाले बताए।
आयोजनाबाट उत्पादित विद्युत् रुकुम पश्चिमको बाँफिकोट स्थित नेपाल विद्युत् प्राधिकरणको निर्माणाधीन सवस्टेशनमा जोडिने छ। निर्माण गरिएको डीपीआरअनुसार आयोजनाको कूल लागत २० अर्ब छ।
तीन करोडको लागतमा जगदुल्लाबाट मुड्केचुलाको सर्मीसम्म सडक निर्माण थालिएको छ। त्रिवेणीदेखि आयोजनाको बाँधस्थल हुरिकोटसम्म सडक निर्मण र स्तरोन्नति पुल आयोजनाले नै सापकोटाले बताए।