काठमाडौं। निजी क्षेत्रको आन्तरिक वायुसेवा कम्पनी गुण एयरलाइन्सले आगामी आइतबार (भोली) बाट काठमाडौं–सुर्खेत–काठमाडौं रुटमा नियमित हवाई उडान सञ्चालन गर्ने भएको छ।
काठमाडौंबाट गुण एयरलाइन्सले अहिले भरतपुर, पोखरा, तुम्लिङटार, भैरहवा, नेपालगञ्ज, विराटनगर, सिमरा र जनकपुरमा उडान गरिरहेको छ। काठमाडौंबाट कम्पनीले तोकेको यो ९ औं गन्तव्य हो।
यात्रुलाई सुरक्षित र भरपर्दो हवाई सेवा प्रदान गर्दै गन्तव्य विस्तारलाई प्राथमिकता दिइएको हो।कम्पनीसँग अहिले कुल ७ वटा जहाज उपलब्ध रहेका छन्।