काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय हवाइ यात्रु आवगमनको संख्या १९ प्रतिशतले बढेको छ। गत वर्षको तुलनामा यस वर्षको हवाइ यात्रु आवगमनको संख्या १९ प्रतिशतले बढेको हो।
नेपाल उड्यान प्राधिकरणका अनुसार आन्तरिक उडानतर्फ ११३ प्रतिशतले यात्रु संख्या बढेको छ।
सन् २०२० मा अन्तर्राष्ट्रिय उडानतर्फ ११ लाख ५ हजार १५९ यात्रुको आवगमन भएको थियो भने सन् २०२१ नोभेम्बरसम्ममा १२ लाख ८० हजार २१२ जनाको आवगमन भएको प्राधिकरणले जनाएको छ। आन्तरिक उडानतर्फ सन् २०२० मा १४ लाख ५३९ जनाको आवगमन भएकोमा २०२१ को नोभेम्बरसम्म यो संख्या ३१ लाख १६ हजार ६७५ रहेको छ।
प्राधिकरणको २३औं वार्षिकोत्सव समाहरोलाई सम्बोधन गर्दै महानिर्देशक राजकुमार क्षेत्रीले खोपको विकास र प्रयोग बढेसँगै आगामी दिनमा हवाई यात्रुहरुको संख्या बढ्ने जानकारी दिए।