काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले जहाज खरिद कार्यमा अनियमितता हुन नदिने बताएका छन्। मन्त्री आलेले एक कार्यक्रममा बोल्दै जहाज खरिदमा अनियमितता भए आफू झुण्डिन तयार भएको बताएका हुन्।
उनले भने, ‘विगतको जस्तो यो वाइडबडी होइन। यसमा कुनै कमिशनको खेल भएको छैन। यो जहाजमा एक रुपैयाँ पनि तलमाथि भएको छ भने राजनीतिबाट सन्यास मात्र होइन, प्रेम आले झुण्डिन तयार छ भनेर म भन्न चाहान्छु।’
मन्त्री आलेले जहाज खरिद गर्ने योजना छिटोभन्दा छिटो ल्याउनका लागि नेपाल वायु सेवा निगमलाई निर्देशन दिइसकेको जानकारी समेत दिएका छन्।
मन्त्री आलेले ग्राउण्डेड भएको जहाजहरुलाई मर्मत गरेर उडाउनका लागि पनि निर्देशन दिएको बताए।
उनले भैरहवा अन्तराष्ट्रिय विमानस्थल तीन महिनाभित्र उद्घाटन हुने जानकारी समेत दिएका छन्।