सिन्धुपाल्चोक। मेलम्ची खोलामा आएको भिषण बाढीले चनौटेस्थित रातोपुल बगाउदा स्थानीयलाई खोला वारपार गर्न समस्या भएको थियो। त्यसैले गर्दा वैकल्पिक रुपमा खोला वारपार गर्नको लागि उक्त खोलामा तुइन सञ्चालनमा ल्याइएको छ। करिब ३ महिना अगाडी नै बाढीले बगाएको उक्त पुलले हेलम्बु गाउँपालिकाको कार्यलयसहित वडा नं १, २, ३ जोड्थ्यो।
बाढीले पुल बगाएपछि उक्त स्थानका बासिन्दाहरु समस्यामा परेको भएता पनि पुल निर्माणको लागि स्थानीय सरकार तथा अन्य सरोकारवालाले ध्यान नदिएपछि वैकल्पिक रुपमा खोलाबाट वारपार गर्ने उद्देश्यले माओवादि केन्द्रको नेतृत्वमा तुइन निर्माण गरीएको हो।
उक्त तुइन गत आइतबार माओबादि केन्द्रको सदस्य तथा हेलम्बुको अध्यक्ष लगाएत स्थानीयहरुको उपस्थितिमा उद्घाटन गरीएको छ। खोलामा पुल नहुँदा स्थानियबासी सास्ती झेल्न बाँध्य थिए। उक्त तुइनको निर्माण पश्चात स्थानीयहरु खुसी देखिएका छन्।