काठमाण्डौं। सङ्खुवासभाको चैनपुर र पाँचखपन नगरपालिका जोड्ने चैनपुर बाह्रबिसे सडकखण्डअन्तर्गतको हेवाखोलाको मोटरेबल पुल विगत पाँच वर्षदेखि अलपत्र परेको छ। हेवाखोलाको दोभानेको पुल निर्माण व्यवसायीको लापर्वाहीका कारण अलपत्र परेको हो।
विसं २०७३ भदौ मा काम सुरु गरेर २०७५ असोजसम्ममा निर्माण गरिसक्नुपर्ने सम्झौता भएको भएपति अहिलेसम्म काम हुन सकेको छैन। चार करोड ५८ लाखको लागतमा निर्माण हुन लागेको पुले निर्माणको जिम्मा पुष्पान्जी कन्ट्रक्शन प्रालिले पाएको थियो। उक्त निर्माण कम्पनीले पहिलो वर्ष फाउण्डेशन खन्दा चट्टान भएको बाहना बनाउँदै काम स्थगन गरेको थियो।
हेवाखोलामा झोलुङ्गे पुल नहुँदा पाँचखपन नगरपालिका र सभापोखरी गाउँपालिका जाने यात्रु बाँसको अस्थायी पुल मार्फत असुक्षित यात्रा गर्नुपरेको छ। वर्षायाममा खोलामा पानीमा बहाब बढेसँगै कुनै पनि सवारी सधान नचल्ने हुँदा आवतजावतमा निकै समस्या झेल्नु परेको स्थानीयको गुनासो रहेको छ। खोलामा पुल नहुँदा अस्थायी रुपमा बनाइएको बाँसको पुल बाँसहरु मकाएर पुल तर्दा ज्यानको जोखिम मोलेर हिड्नु पर्ने उनिहरु बताउछन्।
पुल निर्माणको जिम्मा पाएको पुष्पाञ्जी कन्ट्रक्शन प्रालिले अहिले कुनै पनि काम सञ्चालन नगरेको भन्दै स्थानीयवासीले पटक–पटक सडक डिभिजन कार्यालयमा डेलिगेशन गए पनि बेवास्ता गर्ने गरिएको स्थानीयवासीको भनाइ छ। पुष्पाञ्जी कन्ट्रक्शन काम नगरेपछि तत्काल ठेकेदार कम्पनीलाई कारबाहीको माग राख्दा सडक डिभिजनले ठेकेदारको बचाऊ गर्दै आएको छ। पुलबाटै बाह्रै महिना यात्रा गर्नुपर्ने भए पनि वर्षायाममा पानीको बाहब बढेपछि बगाएर लैजाने गरेको छ।