काठमाडौं। खोटाङ हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवा स्वास्थ्य चौकीमा सुत्केरी हुन नसकेपछि हेलिकोप्टरबाट उद्धार गरिएको छ। डिकुवाका २६ वर्षीया भीमादेवी राईको शनिबार हेलिकोप्टरबाट उद्धार गरिएको हो।
उल्टोबाट नवजात शिशु जन्मिने लक्षण देखिएपछि स्वास्थ्यचौकीले तत्काल काठमाडौँ रिफर गरेको थियो, काठमाडौँ थापाथलीस्थित प्रसूतिगृहमा शल्यक्रिया गरेर नबजात शिशु निकालिए पनि शिशु जीवित नरहेको बताइएको छ।
राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गतको हवाई भीमादेवीको हवाई उद्धार गरिएको हो।
२०७५/७६ सालदेखि देखि जिल्लामा सुरुआत भएको यस कार्यक्रमअन्तर्गत अहिलेसम्म २४ गर्भवतीको उद्धार गरिसकेको छ।