काठमाडौं । सरकारले हुलाकी, पुष्पलाल तथा उत्तरदक्षिण राजमार्ग जस्ता सडक पूर्वाधार निर्माणमा तीव्रता दिने घोषणा गरेको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् । उनले यी राजमार्गको स्तरोन्नति र विस्तार तीव्र बनाउँदै शीघ्र सम्पन्न गर्ने घोषणा गरे ।
सबै स्थानीय तहमा १२ महिना चल्ने सडक पुर्याइने उनले बताए । सार्वजनिक सवारी भरपर्दो बनाउने र पर्यटकीय सम्भावनाका क्षेत्रमा सडक सुविधा विस्तारको योजनाका बारेमा समेत जानकारी दिए ।